देउवा सरकारको अर्को लोकप्रिय काम,अब विद्यार्थीलाई पनि धमाधम खोप

काठमाण्डौ । सरकारले अब विद्यार्थीलाई पनि खोप लगाउने भएको छ । 

त्रिभुवन विश्व विद्यालय सञ्चालन गर्ने परिक्षा दिने विद्यार्थीहरुको लागि खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । खोप लगाउनको लागि परिक्षार्थीले आफ्नो प्रवेश पत्र भने साथमा लैजानु पर्ने हुन्छ । 

काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन् । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ ।

त्रिविको परिक्षा दिने करिव ६० हजार विद्यार्थी रहेको विभागको अनुमान छ । कोरोना संक्रमण र परिक्षाको तनावमा रहेका विद्यार्थीहरुको लागि देउवा सरकारले केहि हद सम्म भएपनि राहात दिने भएको छ । सरकारको यो निर्णयको विद्यार्थी संगठनबाट कुनै प्र्रतिक्रिया भने आएको छैन । 

प्रतिक्रिया