नेपालको वैदेशिक व्यापारमा ऐतिहासिक सुधार, निर्यातमा ८२ प्रतिशतको वृद्धि

काठमाडौँ — नेपालको वैदेशिक व्यापारमा पछिल्लो आर्थिक वर्षमा उल्लेख्य सुधार देखिएको छ। आयात र निर्यात दुवै क्षेत्रमा उल्लेख्य वृद्धि भएको छ भने कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ नाघेको छ।

भन्सार विभागका अनुसार आयात १३.२५ प्रतिशतले वृद्धि भई १८ खर्ब ४ करोड रुपैयाँ पुगेको छ। उता, निर्याततर्फ भने ऐतिहासिक रुपमा ८१.८० प्रतिशतको वृद्धिसँगै २ खर्ब ७७ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ। अघिल्लो वर्षको तुलनामा यो वृद्धिले नेपालको निर्यात इतिहासलाई नयाँ उचाइमा पुर्‍याएको छ।

नेपालबाट सबैभन्दा धेरै सोयाबिन तेल निर्यात भएको छ, जसको कुल निर्यातमा ३८.५ प्रतिशत हिस्सा छ। फलाम/इस्पात, धागो, सूर्यमुखी तेल, गलैँचा, तयारी पोशाक, जुट, जुस, अलैँची, प्लाईउडलगायतका वस्तुहरू प्रमुख निर्यात सामग्रीमा पर्दछन्।

सोयाबिन तेलको मुख्य बजार भारत हो। नेपालले अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, युक्रेनलगायत देशबाट कच्चा तेल आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएको छ।

 

नेपालको प्रमुख निर्यात वस्तुहरू

क्र.सं. वस्तु निर्यात रकम (रु.) कुल निर्यातमा योगदान (%) पिछिल्लो वर्षको तुलनामा वृद्धि
1 सोयाबिन तेल ६ अर्ब ७९ करोड १२ लाख ३८.५% ११८.३२ गुणा
2 फलाम / इस्पात १६ अर्ब ३६ करोड ७१ लाख ५.९% -
3 धागो १४ अर्ब ३९ करोड ७७ लाख ५.२% १९.८५%
4 सूर्यमुखी तेल १२ अर्ब ३२ करोड ६५ लाख ४.४% धेरै वृद्धि
5 गलैँचा १० अर्ब ७७ करोड ६८ लाख - १.९३%
6 तयारी पोशाक ८ अर्ब ७५ करोड ४३ लाख ३.२% -
7 जुट तथा उत्पादन ८ अर्ब २२ करोड ६८ लाख - -
8 जुस ७ अर्ब ७१ करोड ७८ लाख - -
9 अलैँची ७ अर्ब ६८ करोड ३७ लाख - -
10 प्लाईउड ७ अर्ब ९ करोड ९६ लाख - -
11 ऊनको फेल्ट ५ अर्ब १४ करोड २८ लाख - -
12 चिया ४ अर्ब ५९ करोड ८ लाख - -
13 कुकुर/बिरालोको आहारा ४ अर्ब ५१ करोड ४० लाख - -
14 तेलको केक ३ अर्ब ६२ करोड ९८ लाख - -
15 उन/पश्मिना सल ३ अर्ब २२ करोड ४१ लाख - -
16 कपडा ३ अर्ब ८ करोड ३१ लाख - -
17 काठ २ अर्ब ५१ करोड ५३ लाख - -
18 पाल तेल २ अर्ब ४१ करोड ४३ लाख - -
19 चाउचाउ/पास्ता २ अर्ब ३७ करोड ७२ लाख - -
20 सिमेन्ट २ अर्ब २१ करोड ९४ लाख - -
21 रोसिन / रेसिन एसिड २ अर्ब ५ करोड ८६ लाख - -
22 जुत्ता / चप्पल २ अर्ब ४ करोड ३७ लाख - -
23 जडीबुटी २ अर्ब ४ करोड २१ लाख - -
24 ताम्र / ताम्रजन्य वस्तु १ अर्ब ३२ करोड ९९ लाख - -
25 नेपाली कागज १ अर्ब २२ करोड २६ लाख - -
26 अम्रिसो १ अर्ब १५ करोड ७ लाख - -
27 सिमेन्ट क्लिंकर ६९ करोड ७३ लाख

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय