सरकारले सहमति नमान्दा शिक्षक महासंघ आन्दोलनमा जाने तयारीमा

काठमाडौं — नेपाल शिक्षक महासंघले भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण बैठक बोलाउने निर्णय गरेको छ। बुधबार बसेको महासंघको बैठकले सो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए।

उनका अनुसार सरकारले अघिल्ला सहमति कार्यान्वयन नगरेको भन्दै महासंघले भदौ दोस्रो सातादेखि आन्दोलनमा जाने निर्णय समेत गरेको छ। अध्यक्ष सुवेदीले आन्दोलनको खाका महासंघको आन्दोलन परिचालन समितिले तयार गर्ने र राष्ट्रिय समितिबाट पारित गरेपछि सार्वजनिक गर्ने बताए।

सुवेदीले अहिले चर्चामा रहेका विषयहरूमा सरकारले शिक्षकको पक्षमा कुनै स्पष्ट धारणा नदिएको भन्दै असन्तोष पनि व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय