एमसीसी पास हुने हल्लाले जलविद्युतमा लगानीकर्ताको आकर्षण, प्रिओपन सेसनमा एक अङ्कले घट्यो नेप्से

काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से एक अङ्कले घटेको छ । गत  बिहीबार पनि नेप्से ५८ अङ्क भन्दा धेरैले घटेर बजार बन्द भएको थियो । नेप्से घटे पनि कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । 

यो सेसनमा आज ४५ कम्पनीको शेयर खरिद बिक्री भएकोमा १७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको भने घटेको छ त्यस्तै १९ कम्पनीको शेयर मूल्य यथावत रहको छ । अरुण भ्याली जलविद्युत कम्पनीको सबै भन्दा धेरै शेयर किनबेच हुँदा ८८ लाख माथिको कुल कारोबार भएको छ । 

सरकारले संसदबाट एमसीसी पास गराउने देखिएपछि लगानीकर्ताहरू जलविद्युतमा झुमिएको देखिएको छ । आज कारोबार भएका मध्य अधिकांश कम्पनी जलविद्युतकै रहेका छन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय