काठमाडौँ - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सभापति, उप सभापति,महामन्त्रीको नतिजा आइसकेको छ । यसै बीच दलित, महिला र आदिवासी तर्फका सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ ।
दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । उनले मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन् । उनले २२१५ मत पाएका छन् । मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २२९ छ ।
यस्तै कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्यापय डिना विजयी भएकी छन् । उनी देउवा समूहकी हुन् । कमला पन्तलाई ४२८ पराजित गर्दै डिनाले २५३३ मत ल्याएइन् ।
यसैगरी आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । उनी देउवा समूहका हुन् । आङ्दाङ्वेले २७११ मत ल्याए ।
कोइराला समूहका विकाश लामाले १९१३ मत ल्याए ।