प्रभु बैंकले गर्यो लाभांश घोषणा, बोनस, नगद कति

काठमाडौं -प्रभु बैंकले लाभांश घोषणा गरेको छ ।बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ८ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ६.५ र नगद १.५ प्रतिशत रहेको छ ।उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया