काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीचको द्वन्द्व अन्त्य गर्न "पूर्ण र सम्पूर्ण" युद्धविराममा सहमति जुटेको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत युद्धविराम आगामी ६ घण्टाभित्र लागु हुने उल्लेख गरेका छन्।
ट्रम्पका अनुसार दुबै पक्षले क्रमशः आफ्नो सैन्य गतिविधि घटाउँदै लैजाने र २४ घण्टाभित्र युद्धलाई आधिकारिक रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।
यद्यपि ट्रम्पको घोषणालाई लिएर इरान वा इजरायल दुबैले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।
सोमबार इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको थियो, तर अमेरिकाले मानवीय क्षति नभएको स्पष्ट पारेको छ। यस्तो अवस्थामा ट्रम्पको युद्धविराम घोषणा कति प्रभावकारी हुनेछ भन्नेबारे अझै अन्योल रहेको देखिन्छ।