मोबाइल चलाउँदै मोटरसाइकल चलाउँदा हर्क साम्पाङलाई ट्राफिक कारबाही

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।

नेपाल प्रहरीका अनुसार साम्पाङले मोटरसाइकल चलाउने क्रममा एक हातले ह्यान्डल समातेका थिए भने अर्को हातमा मोबाइल फोन बोकेर भिडियो खिचिरहेका थिए। सोही क्रममा उनी दुर्घटनामा समेत परेका थिए।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो र प्राप्त जनगुनासोका आधारमा प्रहरीले घटनाको अध्ययन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीले सवारी चालकले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरूले समेत कानुनको सम्मान गर्नुपर्ने जनाएको छ। लापरबाहीपूर्ण ढंगले सवारी चलाउँदा चालक स्वयं तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा जोखिम बढ्ने भएकाले यस्ता गतिविधि नगर्न पनि आग्रह गरिएको छ।

नेपाल प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने जोसुकैलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय