काठमाडौं - आगामी महिनाको लागि बैंकहरुले ब्याजदर स्थिर राख्ने सहमति गरेका छन् । सबै वाणिज्य बैंकहरुले ब्याजदर स्थर राख्न सहमति जनाएका हुन् ।
नेपाल बैंकर्स सँघले शुक्रबार संघको बैठक राखेर ब्याजदर के गर्ने भन्ने विषयमा छलफल गरेको थियो। सो छलफलमा ब्याजदर यथावत राख्ने सहमति भएको हो ।
आइतबारसम्ममा सबै बैंकहरुले ब्याजदर यथावत राख्न सहमति जनाएपछि फागुनकै ब्याजदरलाई निरन्तरता दिइने भएको हो।
बैंकहरुले आज फागुन ३० गते चैतदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गर्नु पर्ने छ। बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिनेगरी नयाँ सूचना जारी गर्ने भएका छन्।
बैंकहरुले गत पुस र माघ महिनामा ब्याजदर नबढाए पनि फागुनमा भने बढाएर ११.०३ प्रतिशत पुर्याएका थिए। तर ब्याजदर बढाउदा पनि निक्षेप नबढेपछि उनीहरु ब्याजदर यथावत राख्ने निर्णयमा पुगेका हुन्।