काठमाडौं - लामो समयदेखि विकास बैंकमा बुल आएन भन्नेको संख्या धेरै छ । झट्ट हेर्दा त्यस्तै पनि देखिएको छ । बैंक क्षेत्रको शेयर सूचक स्थिर पनि देखिएको छ ।
यसै बीच अबको शेयर बजारको लीड बैंकले नै गर्ने धेरैको बुझाइ छ । सेयर विश्लेषक नवराज बुर्लाकोटीले बैंकहरुको सेयर बढ्ने बेला आएको बताएका छन् । उनले बैंकको सेयर बढेर पाँच सय तल नपाइने दाबी गरेका छन् ।
बैंक क्षेत्र जोखिम कम भएको तर सबैको विश्वास रहेको सेक्टर हो । अब बजारलाई उच्च बिन्दुमा पुर्याउनको लागि यही सेक्टरले लीड गर्ने उहाँको भनाइ छ ।
शेयर बजार ३२ सय पुग्दा र २३ सयमा आउँदा अन्य कम्पनीको शेयर मूल्यमा जुन प्रकारको चलायमान अवस्था देखियो त्यो बैंकमा नदेखिएको धेरैको गुनासो छ ।