काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। २०८२ जेठ ६ गते गभर्नर पदमा नियुक्त भएका पौडेलले हाइड्रोपावर तथा बैंकको सेयरमा उल्लेख्य लगानी रहेको, साथै घर-जग्गा, सुन, हिरा र बैंक खातामा लाखौँ रुपैयाँ रहेको विवरण सार्वजनिक गरेका हुन्।
उनको ललितपुरको भैंसेपाटीस्थित सैंबुमा पाँच आना दुई दाम क्षेत्रफलमा बनेको २७९५ वर्गफिटको घर र नवलपरासीको गैंडाकोटामा दुई कित्ता जग्गा र २५०० वर्गफिटको घर रहेको उल्लेख छ। यी सम्पत्ति श्रीमती प्रतिभा शर्माको नाममा छन्। ललितपुरको सम्पत्ति १ करोड ५५ लाख रुपैयाँ र गैंडाकोटाको ६० लाख रुपैयाँ मूल्यमा खरिद गरिएको हो।
पौडेलसँग ४५ तोला सुन र १५ लाख रुपैयाँ मूल्यको हिराका गहना छन्। उनी र उनकी श्रीमतीको नाममा रहेको बैंक खातामा विभिन्न बैंकमा नगद मौज्दातसमेत उल्लेख गरिएको छ। उनले सानिमा ग्रुप अन्तर्गतका बैंक र हाइड्रोपावर कम्पनीहरूमा संस्थापक सेयरको रूपमा ठूलो लगानी गरेका छन्।
सम्पत्ति प्रकार | विवरण |
---|---|
घर-जग्गा |
ललितपुर सैंबु – ५ आना २ दाम जग्गा र २७९५ वर्गफिट घर (१.५५ करोड)
गैंडाकोट, नवलपरासी – ५.५ कठ्ठा जग्गा र २५०० वर्गफिट घर (६० लाख)
|
सुन | ४५ तोला |
हिरा | १५ लाख रुपैयाँ मूल्यको |
बैंक खातामा मौज्दात |
सानिमा बैंक – रु. १३,२३,१९२.५८
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – रु. २,५९,३४४
सानिमा डलर खाता – $६६.७८
|
श्रीमती प्रतिभा शर्माको खाताहरू |
सानिमा बैंक – रु. १२,५४७
प्रभु बैंक – रु. ४,७३,८२४
सानिमा डलर खाता – $४४४६.५८
|
सेयर लगानी (संस्थापक) |
सानिमा बैंक – २,४४,१७६ कित्ता
सानिमामाई हाइड्रो – ९२,५७९ कित्ता
सानिमा मिडिल तमोर – १,८८,००० कित्ता
ग्लोबेको प्रा.लि. – १,८६,८३४ (गभर्नर) + ७५,००० (श्रीमती) कित्ता
संयुक्त ऊर्जा हाइड्रो – ५ लाख कित्ता
चितवन इनर्जी लिमिटेड – २.५ लाख कित्ता
|
सवारी साधन | सुजुकी कार (मूल्य रु. ४४ लाख, खरिद मिति – २०७७ भदौ) |