एमालेको निर्वाचनमा लफडा- मतदान रोकन भीम रावलको माग

काठमाण्डौ । नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशनमा भइरहेको मतदान रोक्न अध्यक्ष पदका उमेदवार भिम रावलले माग गरेका छन । 

निर्वाचन आचारसंहिता विपरीत भोट नहाल्न भन्दै पर्चा वितरण गरिएपछि त्यसको विरोध गर्दै रावतलले निर्वाचन रोक्न अनुरोध गरेका हुन । केपी ओली पक्ष कार्यकर्ताहरुले केहि ब्यक्तिहरुलाई भोट नहाल्न भन्दै पर्चा बाढ्ने काम गरेका थिए ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु। उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’

प्रतिक्रिया