संसद अधिवेशन अन्त्य

काठमाण्डौ - सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । 

प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् । 

सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतको भनाइ छ । 

आजै बसेको मन्त्रिपरिषद् बैठकले प्रवेश प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय समेत गरेको थियो । सरकारले राजेश अहिराज (झा) लाई बर्खास्त गरेर पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो । 

प्रतिक्रिया