काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइराला शनिवार भारत प्रस्थान गरेका छन् । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा कोइराला भारत जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कोइरालाको सचिवालयले भने उपचारका लागि मुम्बईमा रहेका कांग्रेस सांसद कर्मा घलेलाई भेट्नका लागि मुम्बई गएको जनाएको छ । कर्मा क्यान्सरबाट पीडित भए पछि लामो समयदेखि मुम्बईमा उपचार गराइरहेका छन् । व्यापारिक पृष्ठभूमिका घले कोइरालासँग नजिक छन् । कोइरालासँग संखुवासभाका कांग्रेस सभापति दीपक खड्का लगायत गएका छन् । कोइराला भारत गएका बेला राजनीतिक भेटघाट पनि हुने बताइएको छ ।
कोइराला सभापति आकांक्षी हुन् । विशेषगरी मुलुक धर्मनिरपेक्ष भए पनि महामन्त्री कोइरालाले जनमत संग्रह हुनुपर्ने बताउँदै आएका छन् । नेपालको राजनीतिममा दक्षिण छिमेकी भारतको ठूलो प्रभाव रहने भएकाले पनि भारतको संस्थापनले आगामि महाधिवेशनमा शशांक, अर्का प्रत्यासी शेखर कोइराला वा बिमेलेन्द्र निधिलाई अघि सार्छ हेर्न बाँकी छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि आफ्नो दूतको रुपमा सहमहामन्त्री प्रकाशरण महतलाई केही समय अघि भारत पठाएका थिए ।