काठमाण्डौ । नेपालमा विजय दशमीमा नयाँ नोट प्रयोग गर्ने चलन छ । यसैलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंक असोज ४ गते देखि नयाँ नोट वितरण सुरु गर्ने भएको छ ।
केन्द्रिय कार्यालय तथा सम्पुर्ण प्रदेश कार्यालयबाट नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । साथै क वर्गका बैकहरुले समेत आफ्ना ग्राहकलाई नयाँ नोट वितरण गर्ने छन । जसको लागी सबै बैकलाई नयाँ नोट पठाइसकेको बैकको भनाई छ ।
हरेक बर्ष विजया दशमीमा नयाँ नोट वितरण गर्ने बैकले गत बर्ष भने केवल सफा नोट मात्र वितरण गरेको थियो । कोरोना महामारीका कारण दशैमा रौनक नभएपछि गत बर्ष नयाँ नोट वितरण नगरिएको बैकले जनाएको थियो । राष्ट्र बैंक प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।