नेप्से घट्नेक्रम रोकिएन,बिहिबार प्रिओपन सेसनमा २ अङ्क भन्दा धेरैले बजार घट्यो

काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार प्रिओपन सेसनमा नेप्से २.५५ अङ्कले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २५१२ विन्दुमा आएको छ । बुधबार पनि बजार दोहोरो अङ्कले घटेको थियो । 

यो सेसनमा आज ९ कम्पनीहरूको मात्र शेयर किनबेच भएको छ भने जसमध्ये ३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ साथै बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ । करिव १४ लाख रुपैयाँको शेयर खरिद बिक्री हुँदा जीवन विकास लघुवित्तको शेयर खरिद धेरै मूल्यको भएको छ । 

बजारमा तरलता अभाव विस्तारै सहज हुँदै गइरहेको अवस्थामा समेत नेप्से र कारोबार रकम निरन्तर ओरालो लागिरहँदा लगानीकर्ता भने चिन्तित बनेका छन । २३ सय विन्दुमा झरेको शेयर बजार त्यस पछि २९ सय नजिक पुगेर फेरी घट्न सुरु गरिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय