काठमाडौं - विकास बैंकहरुले धमाधम बोनस घोषणा गरिरहेका छन् । यसै बीच मेघा बैंकले आज गत आर्थिक वर्षको कमाईबाट बोनस घोषणा गरेको छ । शेयरधनीलाई बोनस शेयर दिने भएको छ । आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांशबाछ बोनस शेयर दिने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैयाँ ३८ पैसा बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले लाभांश सहित बोनस शेयरको प्रस्ताव गरेको छ , बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने जनाएको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । शेयरधनीलाई बोनस शेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।