माघ ३ देखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौँ — निर्वाचन आयोगले आगामी निर्वाचनका लागि माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । आयोगले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीहरूसँग भएको छलफलका क्रममा यस्तो जानकारी गराएको हो ।

बालुवाटारमा भएको छलफलमा निर्वाचन आयोगले हालसम्मको निर्वाचन तयारी र बाँकी रहेका कार्यहरूको अवस्थाबारे जानकारी गराएको थियो । आयोगले निर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै आवश्यक समन्वयका विषयमा सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।

प्रधानमन्त्री कार्कीको उपस्थितिमा आयोगले निर्वाचन व्यवस्थापन, कानुनी तयारी तथा प्रशासनिक व्यवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरेको थियो ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर र सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत आयोगका अधिकारीहरू छलफलमा सहभागी भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय