काठमाण्डौ । साताको पहिलो दिन सतक माथिले बढेको शेयर बजार सोमबार पनि प्रिओपन सेसनमा दश अङ्कले बढेको छ । योसँगै समग्र बजार २६७७ विन्दुमा पुगेको छ । बैंकहरूले चैत महिनाको लागि ब्याजदर स्थिर राख्ने खवरले शेयर बजारमा रौनक छाएको छ ।
आज यो सेसनमा ३२ कम्पनीहरूको शेयर किनबेच भएको छ । जसमध्ये २४ कम्पनीको शेयर मूल्य बढेको छ भने एक दर्जन कम्पनीहरूको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढेको छ ।
नेप्सेका सबै उपसूचकमा हरियाली हुँदा बीमा समूहको शेयर प्रति लगानीकर्ता आकर्षित भएको देखिन्छ । हिमालयन डिष्टिलरीको सबै भन्दा धेरै कारोबार हुँदा ४ कम्पनीको मात्र शेयर मूल्य घटेको छ ।