राप्रपा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशन समितिले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभामा विश्वासको मत नदिने निर्णय गरेको छ। आज बसेको बैठकले आइतबार हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नु उपयुक्त ठहर गरेको हो।

प्रकाशचन्द्र लोहनी नेतृत्वको निर्देशन समितिको यो निर्णय भोलि बस्ने संसदीय दलको बैठकमा प्रस्तुत गरिनेछ। अन्तिम निर्णय भने संसदीय दलले गर्नेछ।

कांग्रेसको समर्थनमा संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुरुप भोलि प्रस्ताव पेश गर्दैछन्।

बैठकपछि जारी विज्ञप्तिमा पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले राप्रपाले संविधान संशोधनको एजेन्डासहित बनेको नयाँ सरकारलाई सुरुमा सकारात्मक रुपमा लिएको भए पनि त्यसपछिका गतिविधिहरूको विश्लेषण गर्दा विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको बताए।

प्रतिक्रिया