श्रृजनशील लघुवित्तले आईपीओ निष्काशन गर्ने,कति कित्ता आउँछ सर्वसाधारणलाई ?

काठमाडौं - नेपालमा अहिले आइपीओ निष्कासन प्रक्रिया रोकिएको छ तर प्रक्रिया भने चलिनै रहेको छ । यसै बीच श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर  निष्काशन गर्ने भएको छ ।

लघुवित्तले तीन करोड ३३ लाख २ हजार ५०० रुपैयाँ वरावर ३ लाख ३७ हजार २५ कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

लघवित्तले शेयर निष्काशन गर्नको लागि सनराईज क्यापिटल लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया