प्रधानमन्त्री शाहको शुभकामना–दुःख हटोस्, जीवनमा कल्याण छाओस्

काठमाडौं । बालेन्द्र शाह ले नयाँ वर्ष २०८३ का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन् । उनले नयाँ वर्षले सबैका जीवनबाट दुःख हटाएर कल्याण र शुभफल ल्याओस् भन्ने शुभेच्छा प्रकट गरेका हुन् ।

शुभकामना सन्देशमार्फत उनले प्रत्येक व्यक्तिको जीवनमा सुख, आरोग्य र शान्ति कायम रहोस् भन्दै निर्विघ्न र समृद्ध भविष्यको कामना गरेका छन् । उनले संस्कृत श्लोक उद्धृत गर्दै सबै सुखी रहून्, निरोगी रहून् र कसैले पनि दुःख भोग्न नपरोस् भन्ने भावना व्यक्त गरेका छन् ।

नयाँ वर्षको सुरुवातसँगै सकारात्मक सोच, आपसी सद्भाव र समृद्धिको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले सबैलाई मंगलमय शुभकामना दिएका छन् ।

प्रतिक्रिया