बमको आशंकापछि एयर इन्डियाको जहाज थाइल्यान्डमा आकस्मिक अवतरण

काठमाडौँ — बम भएको आशंकापछि एयर इन्डियाको एआई ३७९ उडानले थाइल्यान्डमा आकस्मिक अवतरण गरेको छ । जहाजमा १५६ यात्रु थिए । यसअघि बिहान ५ः३९ मा मुम्बईबाट लण्डनका लागि उडेको अर्को एयर इन्डिया विमान पनि प्रस्थानको केही बेरमै फर्केर मुम्बईमै अवतरण गरेको थियो ।

एयर इन्डियाले इरान–इजरायल द्वन्द्वका कारण केही उडानका मार्ग परिवर्तन गर्नुपरेको र केही फिर्ताउनुपरेको जनाएको छ । यस्तै, बिहीबार दिउँसो अहमदाबादबाट लण्डन गइरहेको एयर इन्डियाको बोइङ ७८७–८ विमान दुर्घटनाग्रस्त हुँदा २४१ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया