मंगलबार प्रि ओपन सेसनमा २ अंकले बढ्यो बजार

काठमाडौं - साताको तेस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से २ अंक भन्दा धेरैले बढेर समग्र बजार २५२३ बिन्दुमा पुगेको छ । सोमबार अर्धसतक भन्दा धेरैले घटेर बजार बन्द भएको थियो । 

यो सेसनमा आज २५ कम्पनीहरूको १८ लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । 

कारोबार भएका मध्य १० कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरूको शेयर मूल्य भने घटेको छ । निरन्तर ओरालो लागेको बजार अघिल्लो साता बाट उकालो लागेको थियो भने हिजो बाट फेरि ओरालो लाग्न थालेको छ । 

प्रतिक्रिया