काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेसहित महाधिवेशन प्रतिनिधिहरूले पार्टीमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन्।
जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणप्रति निन्दा गर्दै प्रतिनिधिहरूले विगतका गल्तीहरूलाई आत्मसात् गर्दै सुधार गरेर भविष्य निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्।
हाल विशेष महाधिवेशन बोलाउने जिम्मेवारी केन्द्रीय समितिको भए पनि त्यसको सम्भावना कमजोर देखिएकोले प्रतिनिधिहरू स्वयं तयारीमा लागेको जनाइएको छ।
पार्टीलाई अहिलेको दुरावस्थाबाट निकाल्दै समयसापेक्ष र प्रभावकारी बनाउन जिम्मेवारीबोधसहित विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन पनि आग्रह गरिएको छ।