नेष्डो लघुवित्तको शेयर बाँडफाँड आज नहुने,कारण यस्तो छ 

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ आज बाँडफाँड नहुने भएको छ ।  बिक्री प्रबन्धक  प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बाँडफाँड गर्ने सूचना दिएको थियो तर अन्तरिक काम नसकिएका कारण बाँडफाँड गर्न नसकिएको बताएको छ । 

उता नेष्डो समृद्ध लद्युवित्तले समेत आँउदो साता बाँडफाड हुने बताएको छ । 

लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पुँजी २५ करोड ७० लाख रुपैयाँको ३२।५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख  रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनमा गरेको थियो ।

जसमध्ये ०।५० प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरमा सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो । 

फागुन ११ गतेदेखि १५ गतेसम्म जारी आईपीओमा अन्तिम दिनसम्म २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ता शेयरको लागि आवेदन परेको बिक्री प्रवन्धक ग्लोबल आईएमई एस क्यापिटलले जनाएको छ ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय