मनकामना स्मार्ट लद्युवित्तको शेयरमा सोमवार सर्किट लाग्यो,कति पुग्यो शेयर मुल्य ?

काठमाण्डौ ।  आज पनि एक महिना पहिलादेखि शेयर बजारमा आईपीओ सार्वजनिक गरि दोस्रो बजारमा आएको मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्य सोमवार भने सर्किट लागेर बढेको छ ।


कम्पनीको शेयर मुल्य दश प्रतिशत हाराहारीमा बढेर ६८७ रुपैयाँ पुगेको छ । तुलनात्मक रुपमा आज ७० कित्ताको शेयर कारोबार भएको छ भने करिव १ लाख ४६ हजार भन्दा धेरैको शेयर माग रहेको छ । 

यो कम्पनीको शेयर केवल ३७ हजार हाराहारीले आईपीओ पाएका थिए । बजारमा सप्लाई निकै कम भएका कारण अपेक्षित कारोबार हुन सकेको छैन । साथै मूल्य बढ्नका लागि शेयर खरिद विक्री समेत नरिन्तर हुनु पर्ने नियमका कारण शेयर मूल्य अपेक्षा गरे अनुसार बृद्धि हुन सकेको छैन । 

प्रतिक्रिया