काठमाडौं । काठमाडौंको वडा नम्बर २७ मा ३०० मतको गणना सकिएको छ । अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता लिइरहेका छन् ।
प्राप्त विवरणअनुसार ३०० भोटमा स्थापित एक्लैले १४५ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर्जना सिंहको ४१ भोट छ ।
यस वडामा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि उल्लेख्य भोट ल्याइरहेका छन् । चौंथो स्थानमा रहेका उनको चुनावचिन्ह आँखिझ्यालमा अहिलेसम्म ३१ भोट आइसकेको छ ।