काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले आजै स्वास्थ्य मन्त्री चयनको मुडमा रहेको स्रोतले जनाएको छ ।
कोरोना महामारीमा महत्वपुर्ण मन्त्रालय खाली हुँदा खोप लगाएतका कार्यक्रम समेत प्रभावीत भएको छ । यो मन्त्रालय सत्ता साझेदार जसपाको भागमा परेको छ तर सो दलले पार्टीको आधिकारीकता फाइनल नभए सम्म सरकारमा जान चासो दिएको छैन । सोहि कारणले सो मन्त्रालय पनि काँग्रेसकै भागमा पर्ने देखिन्छ ।
पछिल्लो केहि दिन मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ । सोहि कारणले पनि देउवा सरकार विस्तारको मोडमा पुगेका हुन । अर्को सत्ता घटक माओवादीले पनि मन्त्रीको नाम ढुंगो लगाउन नसक्दा सरकार विस्तारमा समस्या भएको छ ।
के गगन थापा स्वास्थ्य मन्त्री होलान ?
यस अघि नै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरिसकेका काँग्रेस युवा नेता गगन थापा यो मन्त्रालयमा आइदिए हुन्थ्यो भन्ने धेरेको चाहाना छ । उनलाई जिम्मेवारी दिने कि नदिने भन्ने कुरा प्रधानमन्त्री देउवाकै हातमा छ । काँग्रेसको महाधिवेशन नजिकै आइरहेका बेला यो पद त्यो विषयसँग पनि जोडिन सक्छ ।
उता गगन थापा भने मलाई यो मन्त्रालय चाहिन्छ भन्ने पक्षमा छैनन, यदि देउवाले अफर गरे भने उनी पनि मन्त्री नबन्ने कुरै भएन । गगनले यो मन्त्रालय पाए भने अहिलेको जटिल अबस्थालाई पार लगाउन सक्ने धेरैको बुझाइ छ ।