काठमाण्डौ - लगतार शेयर मूल्य बढेर कारोबार भइरहेको जीवन विकास लद्युवित्तको शेयर मुल्यमा करेक्सन आउन थालेको छ ।
कम्पनीनको शेयर मूल्य ५१ सय भन्दा माथि पुगेर ओरालो लाग्न थालेको हो । यो शेयर मुल्य महिला लद्युवित्तको भन्दा केहि थोरै हो । मंगलबा यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मुल्य ४९५९ रुपैयाँ रहेको छ भने खरिद विक्री गर्नेको सख्या ३ हजार हाराहारीमा रहेका छन ।
कम्पनीले केहि समय पहिला आईपीओ सार्वजनिक गरि दोस्रो बजारमा आएको हो । दोस्रो बजारमा आएपछि लगतार सर्किट लागेर शेयर मूल्य ५ हजार माथि पुगेको छ ।