मकवानपुरमा सुमो दुर्घटना: ६ जनाको मृत्यु

Symbolic photo

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो करिब १०० मिटर तल खस्दा गम्भीर घाइते भएका यात्रुमध्ये उपचारका क्रममा ६ जनाको हेटौंडामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु भएका सबै जनाको पहिचान खुल्न बाँकी छ भने उनीहरूको सनाखतका लागि प्रयास भइरहेको छ। दुर्घटनाग्रस्त सुमोमा ९ जना सवार थिए। तीमध्ये घाइते भएका बाँकी ३ जनाको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

मृतक र घाइतेहरू काठमाडौंबाट हेटौंडातर्फ आउँदै गर्दा जुरिखेतको ओरालोमा सुमो दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय