काठमाडौं - भरतपुर महानगरपालिकामा ११२३७६ मतगणना सकिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४५२३९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४६४२ मत प्राप्त गरेका छन् ।यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३७६१ मत प्राप्त गरेका छन् ।
त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवार चित्रसेन अधिकारीले ४६३०० मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७३५७ मत प्राप्त गरेकी छन्