काठमाण्डौ । बुधबार समिट लघुवित्त, इन्फिनिटी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, चिलिमे जलविद्युत र मञ्जुश्री फाइनान्सको लभांश सुरक्षित गर्ने अन्तिम रहेको छ । यी ५ कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्दैछन् । तसर्थ यी कम्पनीको सेयर सुरक्षित गर्न अजसम्म सेयर खरिद गर्नुपर्छ ।
समिट लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट २५।२८५ बोनस सेयर वितरण गर्दैछ । यद्दपि, समिट र सजिलो लघुवित्त मर्ज भएर २०७७ असोज ६ गतेदेखि एकीकृत कारोबार भएकाले बोनसमा लाग्ने करको व्यवस्था नगरिएको कम्पनीले जनाएको छ । संस्थाले पुस २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा आँबुखैरेनी रेटुरेन्ट एन्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजे सुरु हुनेछ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट २७५ बोनस र कर प्रयोजनका लागि १।४६५ नगद वितरण गर्दैछ । संस्थाले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल द नारायणी, गैडाकोटा नवलपरासीमा बिहान १० बजे सुरु हुनेछ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले गत वर्षको नाफाबाट ५५ बोनस सेयर र कर तिर्न ०।२६५नगद लाभांश वितरण गर्दैछ । यसको साधारण सभा पुस २९ गते बस्दैछ ।
चिलिमे जलविद्युत कम्पनीले गत वर्षको नाफाबाट ७।५५ बोनस सेयर र ७।५५ नगद गरी कुल १५५ लाभांश वितरण गर्दैछ । कम्पनीको वार्षिक साधारण सभा पुस २३ गते बस्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमनमार्ग, महाराजगञ्ज काठमाडौंमा गुगल मिटबाट भर्चुअल माध्यममा बिहान ११ बजे बस्नेछ ।
मञ्जुश्री फाइनान्सले गत वर्षको नाफाबाट ४०५ बोनस सेयर र कर प्रयोजनसहित ६५ नगद लाभांश वितरण गर्दैछ । कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।