काठमाण्डौ - सरकार गठन भएको दुई महिना पछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।
देउवाको सचिवालयले दिएको जानकारीअनुसार खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न आज बिहान राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री देउवाले पत्र पठाएर सिफारिस गरेका हुन्।
खड्काको आजै सपथग्रहण गर्ने कार्यक्रम छ। खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आएका थिए। उनले उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव प्रतिनिधि सभा सदस्यको जितेका हुन्।
खड्काले अर्थशास्त्रमा पिएचडी गरेका छन्। उनले केही समय कृष्णप्रसाद भट्टराईको सल्लाहकार पनि भएर काम गरेका थिए। उनी पूर्वसहरी विकास मन्त्रीसमेत हुन्।