काठमाण्डौ - राष्ट्र बैंकले मौद्रिक नितिमा कुनै परिर्वतन नगर्ने संकेत गरेको छ ।
शेयर बजारमा भइरहेको उतार चढावले मौद्रिक नितिलाई परिर्वतन गर्न नहुने निष्कर्षमा पुगेको हो । अर्थमन्त्री जनार्दन शर्माले टेलिफोन गरि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अहिलेको समस्या समाधान गर्न आग्रह गरेका थिए ।
अर्थमन्त्रीको आग्रह पछि सोमबार शेयर बजारमा उछाल आएको थियो । शेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरु अर्थमन्त्रीलाई गुहार गर्न पुगेका थिए । राष्ट्र बैंकले मौद्रिक निति मार्फत शेयर धितो कर्जाको सिमालाई १२ करोडमा सिमित गरेको थियो । जुन कुराको असर शेयर बजारमा समेत देखिएको छ ।