रामेछापमा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, १२ घाइते

Symbolic photo

रामेछापको मन्थली नगरपालिका–३, ठाँटीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

बा १६ च ६४७६ नम्बरको बोलेरो जिप मन्थली नगरपालिका–३ को ऐरमवास देवी थान पूजाबाट फर्किने क्रममा दुर्घटना भएको हो। बोलेरो सडकबाट तल खस्दा मन्थली नगरपालिका–२ का ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र १३ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीप कुमार सिंहले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

मन्थली नगरपालिका–३ का वडाध्यक्ष कृष्णगोपाल थापाका अनुसार भारी वर्षाका कारण सडक चिप्लो भएको र बोलेरोमा क्षमता भन्दा बढी यात्रु रहेकोले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया