शंकर समूहका अध्यक्ष अग्रवाल सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ

काठमाडौं । शंकरलाल अग्रवाल पक्राउ परेका छन्। उनी शंकर समूह का अध्यक्ष हुन्।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभाग को आग्रहमा प्रहरीले शुक्रबार उनलाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। उनी शुक्रबार दिउँसै पक्राउ परेका हुन्।

अग्रवाललाई दिउँसो करिब ४ बजेदेखि बयान लिइएको थियो। त्यसपछि उनलाई नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी परिसर ललितपुर को हिरासतमा राखिएको छ।

परिसरका प्रवक्ता एसपी गौतम मिश्रले अग्रवाल हिरासतमा रहेको पुष्टि गर्दै भने, उनलाई प्रहरीले पक्राउ नगरी विभागको आग्रहमा राखिएको हो।

प्रतिक्रिया