काठमाडौं - साताको पहिलो दिन प्रि ओपन सेसनमा नेप्से ११.६३ अंकले बढेर समग्र बजार २९ सय ४३ बिन्दुमा पुगेको छ । गत हप्ताको बिहीबार पनि नेप्से दोहोरो अंकले बढेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा ५३ कम्पनीहरूको ८३ लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएका छ । कारोबार भएका मध्य ४२ कम्पनीहरूको शेयर मूल्य बढेको छ भने ६ कम्पनीहरूको शेयर मूल्य भने घटेको छ । साथै बाकी कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
राम्रो रिपोर्ट आउने कम्पनीहरूको शेयर प्रति लगानीकर्ताको आकर्षण बढेको छ भने एनआईसी एशिया बैंकको शेयर सबै भन्दा धेरै कारोबार भएको छ ।