बिहानी चिसोमा एमालेको मतदान सुरु, अध्यक्षका उमेदवार रावल खुसी देखिए

काठमाडौं - नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवशेन अन्तरगत मतदान प्रक्रिया सुरु भएको छ । राति २ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि मतदानमा ढिलाइ भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा आज मतदान हुनेछ ।

अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् ।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा एमाले पृष्ठभूमिकै नेताहरू उठेका हुनाले त्यहाँ कसैले पनि दाबी गरेन र पाँचवटा पदहरू निर्विरोध भइसके । तर, पूर्वमाओवादी नेताहरू उठेको उपाध्यक्ष र सचिव पदमा भने बागी उम्मेदवारी परेको हुनाले  ‘एमाले भर्सेस माओवादी’ को रूप लिने सम्भावना रहेको नेताहरू बताउँछन् ।

प्रतिक्रिया