४ बजे सम्म पनि शेयर बजार खुल्ला,टीएमएस बिग्रिएर कारोबार अस्तव्यस्त 

काठमाण्डौ । साताको दोस्रो दिन शेयर बजार भद्रगोल भएको छ । दिउसो एक बजेदेखि बन्द भएको शेयर बजार ४ बजे सम्म पनि खुल्न सकेन । केही ब्रोकरहरूको टीएमएस थिग्रिएपछि शेयर कारोबार दिउसो १ बजेबाट बन्द भएको थियो । 

सो अवधिसम्म शेयर बजार सामान्य अङ्कले बढेको छ भने एक अर्ब ३४ करोडको कारोबार भएको छ । यो समाचार तयार पार्दा सम्म नेप्सेको अधिकारी साइटमा शेयर बजार खुल्ला देखाइएको छ भने कारोबार भने भइरहेको छैन । 

यसरी टीएमएसमा बेला बेलामा समस्या आइरहनु चलखेलको संकेत रहेको एक लगानीकर्ताले हामीलाई बताउनु भयो । संवेदनशील कुरामा सरोकारवाला निकाय गम्भिर नभएको धेरैको गुनासो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय