प्रचण्डको सङ्केतले गगनको प्रधानमन्त्रीको बाटो फराकिलो बन्दै

काठमाण्डौं । निर्वाचनमा जानु अघि देखिनै आफ्नो सबैको लक्ष प्रधानमन्त्री बन्ने भएको घोषणा गरेका नेपाली कांग्रेसका महामन्त्री साथै नवनिर्वाचित सांसद गगन कुमार थापा अहिले संसदीय दलको नेता बन्ने कसरतमा लागेका छन् । 

यसै बीच नयाँ विषयले निकै चर्चा पाएको छ । 

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता गगन थापालाई प्रधानमन्त्रीको रुपमा स्वीकार गर्ने बताएका छन् । उनको यो भनाइले नेताहरु पुस्ता हस्तान्तरणको मोडमा रहेको आंकलन गर्न थालिएको छ । यदि त्यस्तो अवस्था आयो भने गगनको प्रधानमन्त्री बन्ने सम्भावना बलियो बन्ने छ । 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री थापाले आफुलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा जनतासंग भोट मागेर भारी मतले जितेका थिए । उनले नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

१६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५४ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

नेपाली कांग्रेसले सबभन्दा बढी ५२ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४० स्थानमा जित हात पारेको छ।

माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १(१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ।

प्रतिक्रिया