चुनावको मुखैमा बढ्यो बैंकमा तरलता, CD रेसियो कति ?

काठमाडौ - चरम आर्थिक संकट भोगिरहेको नेपालमा पछिल्ला दिन भने बैंकमा तरलता केही सहज बन्दै गएको देखिएको छ । 

बैशाख लागे देखिनै बढ्न नसकेको निक्षेप गत साता भने ६ अर्ब रुपैयाँले बढेको छ । बैशाख १६ गतेसम्ममा ४३ खर्ब ६८ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन बैशाख २३ गतेसम्ममा ४३ खर्ब ७३ अर्ब रुपैयाँमा पुगेको हो।

यस्तै गत साता कर्जा लगानी भने ४ अर्ब रुपैयाँले घटेको छ। गत साता बैंकहरुको कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयााबाट घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको हो।

गत शुक्रबारसम्ममा २७ बैंकहरुको औसत सिडि रेशियो ९०.८१ प्रतिशत कायम भएको छ।

प्रतिक्रिया