राष्ट्रिय विज्ञापन संघको नयाँ नेतृत्व चयन, नवराज निरौला सचिवमा निर्वाचित

सिमरा । राष्ट्रिय विज्ञापन संघ नेपालको पहिलो अधिवेशनबाट नेपाल मिडिया हाउसका अध्यक्ष नवराज निरौला सचिवमा निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न अधिवेशनले उनलाई नयाँ कार्यसमितिमा सचिवको जिम्मेवारी दिएको हो।

बारामा लामो समयसम्म पत्रकारिता गरेका निरौला हाल काठमाडौंमा बस्दै आएका छन्। उनी टुडे दैनिकका सञ्चालकसमेत हुन्।

अधिवेशनले प्रदीपप्रसाद कोइरालाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिमा प्रथम उपाध्यक्ष अमृतकुमार पन्थी, उपाध्यक्ष आशिष खड्का, महासचिव बिमल खड्का, कोषाध्यक्ष अरुण आर्याल र सहकोषाध्यक्ष चन्द्रकान्ता अवस्थी चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा बसन्त योगी, रवि अर्याल, राधाकुमारी ढकाल रोजी, अनुप अधिकारी, कुलराज भट्टराई, सविन पोखरेल र अदिप पाठक निर्वाचित भएका छन्।

समितिको निर्वाचन प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रदीप सत्यालले सम्पन्न गराएका थिए। अधिवेशनको उद्घाटन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय