प्रिओपन सेसनमा ५ कम्पनीको मात्र कारोबार,करिव २ अंकले घट्यो नेप्से

काठमाण्डौ । यो साता शेयर बजारको लागि सुखद हप्ता रहन सकेन । लगातार ओरालो लागेर बजार २४ सयको विन्दुमा आएको छ । विना कारण घटिरहेको बजारमा ठुला लगानीकर्ताहरुले चलखेल गरेर घटाएको धेरेको भनाई छ । 

साताको अन्तिम दिन विहिबार पनि नेप्से करिव २ अंकले घटेर कारोबार भएको छ । साथै यो सेसनमा केवल ५ कम्पनीहरुको मात्र शेयर खरिद विक्रि भएको छ । जस मध्य ३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने २ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । आज ८७ हजार ४ सय ७२ रुपैयाँको मात्र शेयर खरिद विक्री भएको छ । 

नेपाल लाईफ इन्स्योरेन्सको सबै भन्दा धेरै कारोबार हुँदा समग्र बजार २४५४ विन्दुमा पुगेको छ । 

प्रतिक्रिया