साताको अन्तिम दिन दोहोरो अंकले घट्यो शेयर बजार,२ कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाण्डौ । निरन्तर उकालो लागेको शेयर बजारमा आज भने ब्रेक लागेको छ । साताको अन्तिम दिन विहिबार बजार मापक सूचक नेप्से ३२ अंक भन्दा धेरैले घटेर समग्र बजार २७६९ विन्दुमा आएको छ । 

विशेष गरि आईतबार र सोमबार शेयर खरिद गरेका लगानीकर्ताहरुले आज नाफा बुक गर्न खोज्दा शेयर बजारमा विक्री चाप परेको हो । आज नेप्सेका अघिकांस सूचकहरुमा रातो पोतिएको छ भने कारोबार रकम पनि हिजोको तुलनामा केहि घटेको छ । 

आज कारोबार अवधिमा २२४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा २२ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १६० कम्पनीहरुको भन्दा धेरै शेयर मूल्य घटेको छ । त्यस्तै आज ६ अर्व २७ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । आज जीवन विमा कम्पनीहरुको उपसूचक सबै भन्दा धेरै घटेको छ भने मानुषी लद्युवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा सर्किट लागेको छ । आज नेपाल दुरसञ्चार कम्पनीको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय