• गृहपृष्ठ /
  • Breaking News ,
  • व्यापार/व्यवसाय ,
  • अन्तर्राष्ट्रिय

महामारीपछि पर्यटन क्षेत्र उकासिँदै, २०२५ मा झण्डै ११.६ लाख पर्यटक नेपाल आए

काठमाडौं । नेपालमा सन् २०२५ मा पर्यटक आगमन ११ लाख ५८ हजार ४५९ पुगेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांक अनुसार यो संख्या सन् २०२४ को तुलनामा १० हजार ९११ ले बढी हो। महामारीपछि नेपालले सन् २०१९ को तुलनामा करिब ९७ प्रतिशत पर्यटन पुनरुत्थान गर्न सफल भएको समेत तथ्यांकमा उल्लेख छ।

सन् २०२५ मा सबैभन्दा धेरै पर्यटक मार्च महिनामा आएका थिए। सो महिनामा मात्रै १ लाख २१ हजार विदेशी पर्यटक नेपाल आएका छन्। त्यस्तै नोभेम्बरमा १ लाख १६ हजार ५५३ र अप्रिलमा १ लाख १६ हजार ४९० जनाले नेपाल भ्रमण गरेका थिए। डिसेम्बर महिनामा भने ९८ हजार १९० पर्यटक नेपाल आएका छन्, जुन संख्या अघिल्लो वर्षको सोही महिनाको ९२ हजार ३४ भन्दा उच्च हो।

सन् २०२५ मा नेपाल भित्रिने पर्यटकमध्ये भारत पहिलो स्थानमा रहेको छ। भारतबाट २ लाख ९२ हजार, अमेरिकाबाट १ लाख १२ हजार, चीनबाट ९५ हजार, बेलायतबाट ५८ हजार र बंगलादेशबाट ५७ हजार पर्यटक नेपाल आएका छन्। यस्तै अस्ट्रेलियाबाट ४९ हजार, श्रीलंकाबाट ३७ हजार, थाइल्यान्ड र जर्मनीबाट ३०–३० हजार तथा जापानबाट २४ हजार पर्यटक नेपाल आएकाे पर्यटन बोर्डले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय