काठमाडौं–शेयर बजारमा एकपछि अर्को आईपीओ जारी गरिरहेका बेला दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
गत वैशाखमै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको कम्पनीले अनुमति पाउँदासाथ आईपीओ निष्कसानको तयारीमा छ । बोर्डले थप कागजात मगाए पछि कम्पनीले आवश्यक कागजात पठाई सकेको छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
धितो पत्र बोर्डको अध्यक्ष नभएको कारण केही ढिलाई भए पनि अब नयाँ अध्यक्ष आउँदासाथ बोर्ड बैठक बसेर अनुमति दिने तयारी छ । बोर्डको अध्यक्ष नियुक्ति गर्नका लागि अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।