चितवन । सबैले चासोको साथ हेरेको स्थान भित्र पर्छ चितवन । त्यहाँ एक महानगरपालिका समेत रहेको छ । जहाँ रेणु दाहाल चुनावी प्रतिष्पर्धामा छिन ।
यसै बीच कालिका नगरपालिका वडा न. ३ को अध्यक्षमा गठबन्धन तर्फबाट माओवादी केन्द्रका बिरेन्द्र तामाङको प्यानलै बिजयी भएका छन । उनले १०५२ मत प्राप्त गरेका थिए ।
प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद अधिकारीले ८९२ मत प्राप्त गरेका थिए । त्यस्तै महिला सदस्य प्रतिमा भुलन नेपाली काँग्रेस १०९१ ,महिला दलित सदस्य लिला दमाइ १०५०,खुल्ला सदस्यद्वय बुद्धिप्रसाद ढकाल(माओवादी) १०३० र कृष्णबहादुर प्रजा (काँग्रेस) ले ११४१ मत पाएका थिए ।
कालीका नगरपालिका
मेयर
गठबन्धन शिवराम केसी ८१६३
एमाले विनोद रेग्मी ८११३
उपमेयर
गठबन्धन
सबिता लामा ७४८९
एमाले विमला लामा ७९७७
गन्न बाँकि ५७१९ मत