बालेन र स्थापितले अंगालो मारेपछि

काठमाण्डौ । मतदाता घर दैलो कार्यक्रममा रहेका काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच जम्काभेट भएको छ । 

यही ३० गते हुन लागेको स्थानीय तहको चुनावका लागि प्रचारप्रसारका क्रममा आज विहान सिनामंगलमा भेट भएको हो ।

अचानकको भेटमा दुवै उम्मेदवारले एकअर्कालाई शुभकामना दिँदै अंकमाल गरेका छन् । भेटमा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार रहेकी सुनिता डंगोल पनि थिइन् ।

प्रतिक्रिया