चितवनबाट रवि लामिछाने भारी मतान्तरले विजयी

काठमाण्डौ । यो निर्वाचनमा सबै भन्दा धेरै चर्चामा रहेको चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित हुनु भएको छ । 

उहाँको जित अहिले सम्मकै ठुलो मतान्तर सहित भएको छ । उहाँले ४९२६१ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी  कांग्रेसका उमेश श्रेष्ठले १५०९९ ल्याउन सफल हुनु भएको छ । त्यस्तै तेस्रो स्थानमा एमालेका कृष्ण भक्त पोख्रेलले १४६५९ मत प्राप्त गर्नु भएको छ ।  यो क्षेत्रमा ८४३१५ मत खसेको थियो । 

उहाँको मतान्तर ३४१६२ रहेको छ । 
 

 

प्रतिक्रिया